रास्वपा सभापतिमा रवि लामिछानेलाई बालेनको समर्थन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछानेले उम्मेदवारी दिएका छन्। चितवनको भरतपुरमा जारी प्रथम महाधिवेशनमा उनले पुनः सभापतिमा उम्मेदवारी दिएका हुन्।लामिछानेलाई प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले समर्थन गरेका छन्। बन्दसत्रमा लामिछानेले सभापतिको उम्मेदवारी घोषणा गर्दै बालेन्द्र शाहले समर्थन जनाउने बताएका थिए।सो क्रममा बालेन र रविले अंगलोसमेत हालेका थिए। उनीहरू अंगालोमा बाँधिदा प्रतिनिधिहरूले ताली पिटेका थिए।
