SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

अबदेखि प्रहरीलाई पनि १५-१५ दिनमा तलब

काठमाडौं : नेपाल प्रहरीले अबदेखि १५-१५ दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रअनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गरिएको हो।