SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

संविधानमा के-के संशोधन चाहन्छ रास्वपा ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनका बारेमा आफ्नो फरक धारणा रहेको जनाएको छ। रास्वपा सभापति रवि लामिछानेले आज सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनमा संविधान संशोधनमा रास्वपाको  धारणा उल्लेख गरिएको छ।  रास्वपाले स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा रहेको जनाएको छ।