रास्वपाको परराष्ट्र नीति : भारत र चीनसँग सन्तुलित व्यवहार, तथ्य-प्रमाणका आधारमा सीमा विवाद समाधान
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय सार्वभौमिकता, आर्थिक समृद्धि, नागरिक हित र अन्तर्राष्ट्रिय सम्मानलाई केन्द्रमा राख्दै स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमुखी परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले भारत र चीनसँग सन्तुलित, स्थिर र व्यावहारिक सम्बन्ध कायम राख्दै सीमा विवादलगायतका विषय तथ्य, प्रमाण र संस्थागत संवादमार्फत समाधान गर्ने नीति अघि सारेको छ।
