SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

रविको प्रतिवेदन : रास्वपामाथि निर्णायक षड्यन्त्र गर्ने कोही पनि संसदमा दोहोरिएर आउन सकेनन् (पूर्णपाठ)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपा र आफूलाई सक्न राज्यका तीनै अंगको दुरुपयोग गरेको आरोप लगाएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्तावमा उनले २०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र आफूमाथि नांगो राजनीतिक प्रतिशोध सुरु भएको आरोप लगाएका हुन्। उनले रास्वपा र आफूमाथि षड्यन्त्र गर्नेहरू यसपटक कोही पनि संसदमा दोहोरिएर आउन नसकेको बताएका छन्।