SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा, विश्वस्तरीय डिजाइन अब नजिकै

काठमाडौं  : कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै राजधानीमा आफ्नो रिटेल नेटवर्कलाई थप सुदृढ बनाएको छ। शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत श्रृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।शोरुमको औपचारिक उद्घाटन सोमबार बिहान १०:३० बजे रिबन काटेर सम्पन्न भयो।