SHARE
कालिका खबर · मङगलबार ९ असार २०८३ ११:४० AM · 1 मिनेट पढाइ

मधेशको बजेट: प्राथमिकता राम्रो, सफलता कार्यान्वयनमै निर्भर : मिश्र

जनकपुरधाम । नेपाली कांग्रेसका नेता मनिष मिश्रले मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट समग्रमा विकास, उत्पादन, लगानी र रोजगारी केन्द्रित रहेको बताएका छन्। तर यसको वास्तविक प्रभावकारिता कार्यान्वयन क्षमतामा निर्भर रहने उनले औंल्याएका छन्। उनले सार्वजनिक गरेको विश्लेषण अनुसार प्रदेश सरकारले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ, जसमा ६४.३६ प्रतिशत पुँजीगत र ३५.६४ प्रतिशत चालु खर्च छुट्याइएको छ। यसले पूर्वाधार विकासलाई प्राथमिकता दिएको स्पष्ट देखिए पनि वित्तीय स्रोतको अवस्था कमजोर रहेको उनको निष्कर्ष छ।