SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

पार्टीभित्रका गुनासा हलभित्र समाधान गरौंं, सडकमा तमासा नबनाऊ : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार चितवनमा महाधिवेशनको बन्द सत्रको उद्घाटन गर्दै सभापति लामिछानेले पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कुनै गुट, उपगुट तथा प्यानल बनाएर प्रतिष्पर्धामा नउत्रन निर्देशन दिएका हुन् ।पार्टीभित्र गुट, उपगुट हावी भए त्यसबाट आउने परिणाम पनि त्यस्तै हुने उनले बताए ।