डाक्टरले चलाएको कारले ठक्कर दिँदा प्रहरीका वरिष्ठ सईको मृत्यु
विराटनगर : सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । दुर्घटनामा संलग्न कार चालक रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ स्थित नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजेतिर दुर्घटना भएको हो ।
