SHARE
कालिका खबर · मङगलबार ९ असार २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

शिक्षा, स्वास्थ्य तथा विद्युतमा सरकारले लगाएको कर हटाउन आजपा मधेश प्रदेश कमिटीको माग

वीरगंज । आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले सरकारले शिक्षा, स्वास्थ्य, विद्युत सेवामा लगाएको अनावश्यक कर हटाउन माग गरेको छ । आम जनताले प्राप्त गर्ने आधारभुत सेवाहरुलाई अझ सहज र सुलभ बनाउनुको साटो सरकारले शिक्षा, स्वास्थय तथा विद्युतमा कर लगाउने काम गरेर उल्टो बाटोमा हिडन खोजेको छ । आजपा मधेस प्रदेश कमिटीको बसेको बैठकले निर्वाचनको समिक्षा सहित आफ्ना सम्पुर्ण कमिटीहरु पुनर्गठन गर्ने निर्णय गरेको छ ।