खस्किँदै उत्तरी नाका तातोपानीको व्यापार
सिन्धुपाल्चोक : नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीबाट हुने व्यापार क्रमशः खस्किँदै गएको छ। आयात व्यापारमा निर्भर तातोपानी नाकाबाट चालु वर्षको अन्त्य हुनै लाग्दा पनि मालवस्तुको परिमाण र राजस्व रकम लक्ष्य अनुसार बढ्न सकेको छैन। नाकाबाट मालवस्तुको आयात घट्दै जाँदा लक्ष्य अनुसारको राजस्व संकलन हुने अवस्था नदेखिएको हो। तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा २४ अर्ब ४७ करोड ८५ लाख ५८ हजार अर्ब संकलन गर्ने लक्ष्य राखिएको भएपनि जेठ मसान्तससम्म १३ अर्ब संकलन भएको छ।
