SHARE
कालिका खबर · मङगलबार ९ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

युवा उद्यमीलाई व्यवसायिक सीप विकासमा जोड, बिसिसिआईको स्टार्टअप कार्यक्रम सम्पन्न

वीरगंज — वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) को सहकार्य तथा सङ्घको स्टार्टअप एण्ड इनोभेसन कमिटीको समन्वयमा सञ्चालन गरिएको कार्यक्रम १३ दिनसम्म बिसिसिआईको सभाहलमा चलेको थियो। कार्यक्रमको उद्घाटन निम्बस ग्रुपका अध्यक्ष तथा उद्योगी जगदीश अग्रवालले गरेका थिए। समापन समारोह सङ्घका सहसचिव तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका संयोजक अनुप कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो।