एमाले संसदीय दलको बैठक जारी (तस्बिरहरु)
काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठक अहिले एमाले मुख्यालय च्यासलमा बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार दिउँसो २ बजेबाट संसदीय दलको बैठक बसेको हो । बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा पक्राउ परेका एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ललितपुर ल्याइएको छ ।
