रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २६ सय विन्दुमा झर्यो
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको थियो।नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ।यसदिन ३५३ स्क्रिप्सको १ करोड ४० हजार १६४ कित्ता सेयर ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ४ अर्ब ४४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
