SHARE
कालिका खबर · मङगलबार ९ असार २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले जलमार्गको व्यवस्थापन अब पूर्व–युद्ध अवस्थामा फर्किन नसक्ने दाबी गरे । उनले इरान र अमेरिका बीच आपतकालीन अवस्थाहरूमा तत्काल सम्पर्क र समन्वयका लागि एक संयुक्त सम्पर्क केन्द्र स्थापना गर्ने सहमति भएको पनि जानकारी दिए । तर यो सम्पर्क प्रणाली केवल आपतकालीन समुद्री घटनाहरू व्यवस्थापनका लागि मात्र हुने र जहाजहरूको ट्रान्जिट अनुमति प्रक्रिया भने पुरानै प्रणालीअनुसार चल्ने उनले स्पष्ट पारे ।