SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : प्रतिनिधि घटे, ३ हजार ८४९ कायम

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका निम्ति ३,८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि ३, ८४९ प्रतिनिधि निर्धारण गरिएको जानकारी दिए।चितवनमा जारी महाधिवेशनको बन्दसत्र रास्वपाका दिउँसो २ बजेबाट सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको बताए ।