तेलको मूल्यको भविष्य के चीनमा निर्भर हुन सक्छ ? यस्तो छ ‘अदृश्य हात’
चीन : अमेरिका र इरानले हर्मुज जलडमरूमध्य पूर्ण रूपमा पुनः सञ्चालन गर्ने र मध्यपूर्वी तेलको आपूर्ति सामान्य बनाउने विषयमा छलफल गरिरहेका बेला तेल बजारको आगामी दिशा भने वार्तामा प्रत्यक्ष सहभागी नभएको एउटा देश चीनमा निर्भर हुन सक्ने देखिएको छ ।विश्वको दोस्रो ठूलो कच्चा तेल उपभोक्ता चीनले इरान युद्धका कारण दैनिक १ करोड १० लाख ब्यारेलभन्दा बढी तेल आपूर्ति प्रभावित भएपछि ऊर्जा सुरक्षाका लागि सबै सम्भावित उपाय अपनाएको छ ।
