SHARE
कालिका खबर · मङगलबार ९ असार २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

भक्तपुरमा युवकको हत्या आरोपमा तीन जना पक्राउ

भक्तपुर : भक्तपुरमा एक युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका–९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या अरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनीहरू सोमबार राति पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका छन् ।