अमेरिका–इरान सम्झौताबाट नेतन्याहू किन छन् चिन्तित ? जान्नुस् पाँच कारण
इजरायल : इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै इच्छाअनुसार काम नगर्ने बताएका छन् । उनले फेरि पनि भने कि आवश्यक परेसम्म इजराइली सेना दक्षिणी लेबनानमा रहनेछ । उनले भने, ‘हामी स्वतन्त्र र गौरवशाली देशका नेताहरू हौं । कहिलेकाहीँ हाम्रो विचार फरक हुन्छ । हामी आफ्ना हितका लागि उभिन्छौं । म इजराइलको हित र यसको सुरक्षाका लागि उभिएको छु ।
