SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

ट्याटु बिबादपछि भक्तपुरमा चक्कु प्रहार गरी युवकको हत्या

भक्तपुर : भक्तपुर– १ सल्लाघारीस्थित नगरकोट मोडमा चक्कु प्रहार गरी एक युवकको हत्या गरिएको छ । ज्यान गुमाउनेमा महोत्तरी जिल्लाको मिथिला नगरपालिका– ९ स्थायी घर भएका २८ वर्षीय आकाश रसाइली रहेका छन् ।सामुहिक झगडाको क्रममा उनमाथि गए राति पौने ११ बजे चक्कु प्रहार भई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको तर, उपचारकै क्रममा मंगलबार बिहान सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।