पाल्हीनन्दनकी उपाध्यक्षको पद गयो, लुम्बिनीका मन्त्रीसहित पाँच जनप्रतिनिधि कारबाहीको सूचीमा
परासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारीको पद गएको छ । निर्वाचन आयोगले उनको पद रिक्त भएको सूचना आजको गोरखापत्रमा निकालेर जनाएको हो । आयोगले राजनीतिक दलसम्बन्धी कानुन तथा नियमावलीअनुसार सम्बन्धित दलबाट प्राप्त जानकारी र निर्णयका आधारमा निर्वाचित पद स्वतः रिक्त भएको जनाएको हो । फातुमा २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् ।
