SHARE
कालिका खबर · मङगलबार ९ असार २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२–००३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा चालकसहित कपिलवस्तु र आसपासका यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये १८ महिनाकी बालिका पनि रहेकी छन्। सबै घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।