SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

राहदानी विभागका महानिर्देशक अर्यालसहित सातजनामाथि थुनछेक बहस हुँदै

काठमाडौं : विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको थुनछेक बहस आजदेखि हुने भएको छ। थुनछेक बहसका लागि न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी चढेको छ।थुनछेक बयानका लागि उनीहरूलाई विशेष अदालतमा उपस्थित गराइएको  छ।