खर्बपति मस्कलाई झट्का : सम्पत्तिमा ठूलो गिरावट, एकै दिनमा १५२ अर्ब डलर उड्यो
काठमाडौं : स्पेसएक्सको आईपीओ र यसको शेयरले एलन मस्कलाई अर्बपतिबाट खरबपति बनाएको थियो । तर अहिले त्यही कम्पनीको शेयरले उनलाई लगातार झट्का दिइरहेको छ । सोमबार मात्रै मस्कले २४ घण्टामा १५२ अर्ब डलर गुमाए, जुन वारेन बफेटले आफ्नो जीवनभर कमाएको अनुमानित १४६ अर्ब डलरभन्दा पनि बढी हो ।मस्कसँगै सोमबार सम्पत्ति गुमाउने अन्य अर्बपतिहरूमा ल्यारी पेज, सर्गेइ ब्रिन, जेफ बेजोस, ल्यारी एलिसन, मार्क जुकरबर्ग र बर्नार्ड आर्नो रहेका छन् । उनीहरूको कम्पनीका शेयरहरूमा समेत गिरावट देखिएको छ ।
