SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

काठमाडौं : नेकपा एमालेले आज एकै दिन संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्ने जनाइएको छ । त्यस्तै साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक बस्ने छ ।बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।