कृषकको आम्दानी बढाउन ‘कृषि एम्बुलेन्स’
धादिङ : धादिङको नीलकण्ठ नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको सहज संकलन तथा बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर–८ सहित नगर क्षेत्रभित्रका कृषकबाट उत्पादित तरकारी, फलफूल, दूध, मासु लगायत कृषि तथा पशुजन्य वस्तु संकलन गरी बजारसम्म पुर्याउने उद्देश्यले आकुरा कृषि तथा पशुपंक्षी सहकारीमार्फत एक गाडी र एक स्कुटर खरिद गरिएको छ ।
