पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं : टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि न्यायाधीशहरू नारायण प्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी चढेको छ।अख्तिायर दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित १९जनामाथि ३ अर्ब २१ करोड रुपैयाँ बिगो मागदावी गर्दै मुद्दा दायर गरेको हो। थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छड्न आदेश दिएपछि बस्नेत थुनामुक्त भएका थिए।
