SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

आज हुने भनिएको पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं : आज हुने भनिएको पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ। बस्नेतका कानुन व्यवसायीबाट सुनुवाइ स्थगितका लागि निवेदन आएपछि स्थगित भएको अदालत प्रशासनले जनाएको छ।टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू नारायण प्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी चढेको थियो।