भन्सार महसुल र हरित शुल्कको असर : नेपालमा बीवाईडी एटो–टु र एटो–थ्रीको मूल्य वृद्धि
काठमाडौं । नेपालमा बीवाईडीका दुई लोकप्रिय विद्युतीय गाडीको मूल्य बढेको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक ले बीवाईडी ‘एटो–टु’ र ‘एटो–थ्री’को नयाँ मूल्य सार्वजनिक गरेको हो। कम्पनीका अनुसार नयाँ मूल्यसूचीअनुसार बीवाईडी एटो–टुको मूल्य ३ लाख ४ हजार रुपैयाँले बढेको छ। यससँगै उक्त गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। यसअघि एटो–टु नेपाली बजारमा ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको थियो। त्यसैगरी, बीवाईडी एटो–थ्रीको एड्भान्स्ड भेरियन्टको मूल्य पनि वृद्धि गरिएको छ। यस मोडलको मूल्य २ लाख रुपैयाँले बढाएर ६१ लाख ९९ हजार रुपैयाँ पुर्याइएको कम्पनीले जनाएको छ।
