मानक बनोस्, महाधिवेशन
नेपाली राजनीतिमा महाधिवेशन भन्नु नै नेतृत्व हत्याउने, गुटबन्दी संस्थागत गर्ने र शक्ति प्रदर्शन गर्ने कर्मकाण्डी कुम्भमेलामात्र बन्दै आएको छ। नागरिकका तर्फबाट हेर्दा दलका यस्ता भेलाले न देशको खस्कँदो अर्थतन्त्र उकास्ने नीति ल्याएका छन्, न त युवा पलायन रोक्ने ठोस भिजन नै।ठूला दलका महाधिवेशन सिद्धान्त र समृद्धिको बहसमा भन्दा पदको खिचातानीमै रुमल्लिँदा आम नैराश्यता बढेको छ।
