SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

कोचिङ सेन्टरमा आगलागी : १५ बालबालिकाको मृत्यु, झ्यालबाट ‘बचाई दिनुस्’ भन्दै गुहार

भारत : भारतको उत्तर प्रदेशस्थित लखनउको अलीगञ्ज क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकका अनुसार आगो एक कोचिङ सेन्टरमा लागेको थियो ।अधिकारीहरूका अनुसार भवनको भुइँतलामा पेट सप (जनावरसम्बन्धी पसल) थियो भने माथिल्लो तलामा गेमिङ जोन सञ्चालन भइरहेको थियो । केजीएमयू ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमिय अग्रवालले १५ बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।