SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा विष्फोट, १२ भारतीयको मृत्यु

कतार : कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक कारखानामा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये १२ जना भारतीय नागरिक रहेका छन् । कतारका अधिकारीहरूले सोमबार यो जानकारी दिएका हुन् । दोहास्थित भारतीय दूतावासले एक्स (ट्वीटर) मा पोस्ट गर्दै आइतबार राति रास लाफानमा भएको घटनामा १२ भारतीय नागरिकको दुःखद निधन भएको पुष्टि गरेको जनाएको छ । दूतावासका अनुसार घाइते भएका सबै व्यक्तिको अवस्था हाल स्थिर छ र उनीहरूको उचित उपचार भइरहेको छ ।कतारमा ८ लाख बढी भारतीय कामदार कार्यरत छन् ।