राहदानी विभागका निर्देशक अर्यालसहित सातजनामाथि थुनछेक बहस हुँदै
काठमाडौं : विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको थुनछेक बहस आजदेखि हुने भएको छ। थुनछेक बहसका लागि न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा पेशी चढेको छ।थुनछेक बयानका लागि उनीहरूलाई विशेष अदालतमा उपस्थित गराइएको छ।
