SHARE
कालिका खबर · मङगलबार ९ असार २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, ३ जना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति सामान्य विवादका क्रममा भएको झै–झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । महोत्तरी मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको भक्तपुर प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका रसाइलीको उपचारका क्रममा आज बिहान केएमसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।