युद्ध अन्त्यसम्म पुगोस् युद्धविराम
मानव सभ्यताको विकाससँगै हामीले सोचेका थियौं– अब संवाद र कूटनीति नै समस्या समाधानका अन्तिम हतियार हुन् । तर, दुर्भाग्य ! आजको विश्व फेरि पाशविक युगतिर धकेलिँदै छ, जहाँ ‘जसको लाठी, उसको भैंस’ भन्ने नियम लागू हुन्छ ।शान्तिका सेता परेवाहरू बारुदको धुवाँले निसासिएका छन् भने विश्वव्यापी कूटनीतिक संरचनाहरू केवल ‘पावर’ देखाउने रमिता हेर्ने अखडा बनेका छन् । जबसम्म राष्ट्रहरूले हतियारको दम्भ त्यागेर मानवीय संवेदना बुझ्दैनन्, तबसम्म यो अस्थिरताको चक्र रोकिने छैन ।
