इराकलाई पराजित गर्दै फ्रान्स नकआउट चरणमा
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइ अन्तर्गत इराकलाई पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सको जितमा केलियन एम्बापेले २ र ओस्मान डेम्बेलेले १ गोल गरे। खेलको १४ औं मिनेटमा केलियन एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ४० मिनेट पश्चात मैदानमा वर्षा र मेघ गर्जन हुन थाल्यो ।
