प्रतिनिधि कुरेको कुर्यै, अन्तिममा बन्द सत्रै रोकियो
काठमाडौं/ चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा जारी छ। पहिलो दिन आइतबार भव्य उद्घाटन समारोह सम्पन्न भए पनि दोस्रो दिन सोमबारको समय भने त्यसै बितेको छ।सोमबारबाटै सुरु हुनुपर्ने बन्दसत्र प्रतिनिधि विवादका कारण बस्न नसकेपछि सोमबारका सम्पूर्ण कार्यतालिका स्थगित गरिएका छन्। महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्न नसक्दा निर्धारित समय तालिका प्रभावित भई असार ९ गते नै सम्पन्न गरिने भनिएको महाधिवेशन अब असार १० गतेसम्म लम्बिने देखिएको छ।
