रास्वपाको महाधिवेशनमा उम्मेदवार, प्रस्तावक र समर्थक बन्दै हुनुहुन्छ ? यस्तो छ व्यवस्था
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिनेले प्रस्तावक र समर्थक बन्न नपाइने भएको छ। निर्वाचन प्रक्रियामा पार्टी सभापतिको मनोनयन फारम दाखिला गर्दा १ जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सीले जानकारी दिए।
