SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह आईको खेलमा नर्वेले सेनेगललाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। न्यूर्योक, न्यूजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० को अग्रता बनाएको नर्वेले दोस्रो हाफमा २ गोल गर्दै २ गोल बेहोर्‍यो। नर्वेको लागि एर्लिङ हालान्डले २ गोल गर्दा मार्कस पेडरसनले १ गोल गरे। सेनेगलका लागि इस्माइल सार्रले २ गोल फर्काए पनि जितको लागि पर्याप्त भएन। पहिलो हाफमा मार्कस पेडरसनले खेलको ४३ औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए।