इराकविरुद्ध फ्रान्सको फराकिलो जित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्ध फ्रान्सले फराकिलो जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलको ६६औं मिनेटमा उस्मान डेम्बेलेले गोल गरेसँगै फ्रान्सले इराकविरुद्ध तीन गोलको अग्रतामा जित निकालेको हो । यसअघि कप्तान किलियन एम्बाप्पेले १४औं मिनेट र ५४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
