फिफा विश्वकप २०२६: मेस्सीको किर्तिमानी गोलसँगै अर्जेन्टिना नकआउटमा
काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को खेलमा अस्ट्रियालाई २–० ले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ। डालास स्टेडियममा भएको खेलको पहिलो हाफमा लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले १–० को अग्रता बनाएको थियो। खेलको इन्जुरी समयमा मेस्सीले दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। अर्जेन्टिनाको जितमा मेस्सीको किर्तिमानी गोल नै निर्णायक बन्यो। खेलको नवौं मिनेटमा पेनाल्टी मिस गरेका थिए। तर खेलको ३८ औं मिनेटमा उनले ऐतिहासिक गोल गरे।
