SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ १२:०० AM · 1 मिनेट पढाइ

मेस्सीले विश्वकपमा बनाए सर्वाधिक गोलकर्ताको रेकर्ड

काठमाडौं : ३८ वर्षीय लियोनल मेस्सीले फिफा विश्वकप २०२६ मा खेलको ३८ औं मिनेटमा अस्ट्रियाविरुद्ध गोल गर्दै विश्वकपमा सर्वाधिक गोलकर्ताको रुपमा आफ्नो नाम दर्ता गराएका छन्। पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेका मेस्सीले १६ गोलको मिरोस्लाभको किर्तिमान बराबरी गरेका थिए। सन् २००६ मा विश्वकप डेब्यू गरेका मेस्सीले यो सहित छैटौं पटक विश्वकप खेलिरहेका छन्। उनले छैटौं पटक विश्वकप खेलिरहँदा धेरै वटा रेकर्ड बनाएका छन्।