SHARE
कालिका खबर · सोमबार ८ असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

याडियाले ‘किनेस एक्सपिरियन्स’ मार्फत उच्च प्रदर्शनयुक्त विद्युतीय मोटरसाइकलको अनुभव प्रस्तुत गर्‍यो

काठमाडौं । विश्वकै नम्बर–१ विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड याडिया (YADEA) ले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘YADEA Keeness’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत आयोजित ‘किनेस एक्सपिरियन्स’ कार्यक्रममार्फत कम्पनीले नयाँ पुस्ताको परफर्मेन्स ई–मोटरसाइकलको अनुभव प्रस्तुत गरेको हो। कम्पनीका अनुसार YADEA Keeness परम्परागत विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनभन्दा फरक अवधारणामा विकसित गरिएको मोटरसाइकल हो। दैनिक आवतजावतका लागि मात्र नभई गति, प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर तयार गरिएको यस मोटरसाइकलले आधुनिक प्रविधि र प्रिमियम अनुभव खोज्ने राइडरलाई लक्षित गरेको छ।