दर्शकको मागपछि नाटक ‘सेतो धरती’ पुनः मञ्चन हुँदै
काठमाडौँ। दर्शकको अत्याधिक मागपछि मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘सेतो धरती’ पुनः कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ। निर्देशक सुन्दर धितालका अनुसार नाटक असार १२ गतेदेखि १६ गतेसम्म विशेष प्रदर्शनीका रूपमा पुनः मञ्चन गर्न लागिएको हो। २०६८ सालको मदन पुरस्कार प्राप्त लेखक अमर न्यौपानेको चर्चित उपन्यास सेतो धरती नेपाली साहित्यका सर्वाधिक लोकप्रिय कृतिमध्ये एक मानिन्छ।
