पूर्वमन्त्री राजेन्द्र खरेलको निधनले कांग्रेस स्तब्ध, लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताको बिदाइ
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व शिक्षाराज्यमन्त्री तथा पूर्व महिला, बालबालिका तथा समाज कल्याण मन्त्री राजेन्द्र खरेलको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको असार ७ गते राति ९ः४५ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारकै क्रममा निधन भएको हो । उनि ८० वर्षका थिए ।
