SHARE
कालिका खबर · सोमबार ८ असार २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

काठमाडौंमा रेबिजबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा रेबिज संक्रमणबाट एकजनाको मृत्यु भएको छ । रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। उनी असार ५ गते भर्ना भएका थिए। ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको चिकित्सकले बताएका छन् ।