SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

भारत र चीनसँगको सम्बन्धलाई नेपालले आर्थिक समृद्धिमा बदल्नुपर्छः अर्थशास्त्री ओली

काठमाडौं । अर्थशास्त्री सुदनकुमार ओलीले नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन र भारत भ्रमणले दुवै छिमेकी राष्ट्रले नेपाललाई विशेष महत्त्व दिएको उल्लेख गर्दै उनले यस अवसरलाई समृद्धिमा बदल्नुपर्ने बताएका हुन् । ओलीकाअनुसार नेपालका लागि भारत र चीन दुवै अत्यन्त महत्त्वपूर्ण साझेदार राष्ट्र हुन् ।