SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

बाँझो रहेको २० रोपनी क्षेत्र जमिनमा स्याउखेती

बागलुङ । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरी आयआर्जनको बाटो पहिल्याएको छ । गाउँपालिका–४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा एक हजार ५०० जातका विभिन्न स्याउका बिरुवा सात लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले बताए ।