SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु भएको छ । पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए ।