SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने गरेका छन्, यहाँका कुम ठाकुर । परिपक्व अनुभव बटुलेका कारण पर्यटकको रोजाइँमा उनी परेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ बस्तीका ३७ बर्षीय ठाकुर ‘नेचरगाइड’ हुन् । ‘सिनियर नेचर गाइड भएकाले शुक्लाफाँटामा पर्यटक लिएर जानेमध्ये अग्रस्थानमै पर्छु ।